संविधानलाई कागजको खोस्टो बनाइएको छ: शाही

काठमाडाैं | माघ ६, २०७९

संविधानलाई कागजको खोस्टो बनाइएको छ: शाही

सुर्खेत:  कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् ।  


मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’


साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे ।  साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए ।  ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’


साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए ।  ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्